गर्ने कुराहरू

  • अरूलाई त्यस्तै व्यवहार गर्नुहोस् जस्तै तपाईं आफूलाई व्यवहार गरियोस् भन्ने चाहनुहुन्छ।
  • सांस्कृतिक भिन्नताका बाबजुद शान्तिपूर्ण एकअर्कामा सङ्गै
  • एकअर्काको ख्याल राख्नुहोस्
  • पारस्परिक सहयोग र स्वीकृति – हामी विविधतालाई अँगाल्छौं
  • हामी एउटा भाषा प्रयोग गर्छौं – जुन भाषा सबैले बोल्छन्, त्यसैलाई बोलिन्छ।

नगर्ने कुराहरू

  • हामी राष्ट्रियता, भाषा, जातीय पृष्ठभूमि, लिङ्ग, छालाको रङ, वैवाहिक स्थिति, उमेर, अपाङ्गता, धर्म, यौन अभिमुखीकरण वा अन्य कुनै आधारमा हुने भेदभाव सहन गर्दैनौं – आवश्यक परेमा कृपया कुनै विश्वसनीय व्यक्तिलाई सम्पर्क गर्नुहोस्।
  • हामी अपमान सहन गर्दैनौं।
  • कुनै पनि प्रकारको उत्पीडन र धम्की (मानसिक, मौखिक वा शारीरिक) हामी स्वीकार्दैनौं – हुन्न भनेको हुन्ननै हो।
  • कम्पनीको सामान लैजान मिल्दैन (जस्तै: बिक्री नभएको सुशी)।
guideline-icon-1
अभिवादन र बिदाइ

दूरी कायम राख्नुहोस् र अर्को व्यक्तिको आँखामा आवश्यकभन्दा बढी समयसम्म सिधै नहेर्नुहोस्।
सधैं विनम्र र मिलनसार रहनुहोस्।

guideline-icon-4
बोल्ने शैली

सम्मानपूर्वक र शान्तिपूर्ण रूपमा सञ्चार गर्नुहोस्
गालीगलौज नगर्नुहोस् र सांस्कृतिक भिन्नताका कारण कसैलाई अपमानित नगर्न सावधान रहनुहोस्।
आफ्नो बोल्ने शैली (ध्वनी/आवाजको) मा ध्यान दिनुहोस्

guideline-icon-5
अन्तरक्रिया र सरसहयोग

सम्मानजनक, कृतज्ञ र मैत्रीपूर्ण अन्तरक्रिया कायम राख्नुहोस्।
हामी एकअर्कामा भर पर्न सक्छौं, सहयोगी छौं र टोलीको रूपमा एकअर्कालाई समर्थन गर्छौं। आफ्ना सहकर्मीहरू प्रति धैर्यवान र विचारशील हुनुहोस्।

हामी सबैलाई समान रूपमा व्यवहार गर्छौं।

guideline-icon-3
आदर्श व्यक्ति

सबै मानिसहरू समान छन्। जुनसुकै लिङ्ग भए पनि सबैलाई सम्मानका साथ व्यवहार गर्नुहोस्। उपयुक्त दूरी कायम राख्नुहोस् र नजिकको शारीरिक सम्पर्कबाट बच्नुहोस्।

guideline-icon-8
सहनशीलता

अन्य धर्महरू र तिनीहरूका परम्परा तथा जीवनशैलीको सम्मान गर्नुहोस्।

guideline-icon-2
सञ्चार/कुराकानी

कसैको व्यक्तिगत विषयहरूमा कुराकानी सुरु नगर्नुहोस् जसले विवाद निम्त्याउन वा अर्को व्यक्तिलाई स्पष्ट रूपमा असहज बनाउन सक्छ (जस्तै धर्म, राजनीति, रूप, रंग आदि)

guideline-icon-7
अभिवादन

कृपया सराहना/प्रशंसा मात्र त्यस्ता व्यक्तिहरूलाई गर्नुहोस् जससँग तपाईंको राम्रो सम्बन्ध छ वा तपाईंलाई थाहा छ कि ती व्यक्ति प्रशंसा लागि खुला छन्।

guideline-icon-6
गलतफहमीहरूबाट बच्नु

हामी हिंसा वा यौन दुर्व्यवहारलाई स्वीकार गर्दैनौं!
आफ्नो गफ/कुराहरू र कार्यहरूमा विभिन्न सांस्कृतिक भिन्नताहरूको विशेषताको सम्मान गर्नुहोस्।
पसलमा, हामी सबैले बुझ्ने भाषा बोल्छौं।
एकअर्कासँग खुल्ला छलफल कायम राख्नुहोस्।

guideline-icon-9
प्रतिक्रिया

हामी आपसी प्रतिक्रियाका लागि खुला छौं।

सांस्कृतिक विशेषताहरू

culture-icon-1
थाइल्याण्ड

वस्तु वा मानिसहरूलाई खुट्टा देखाउनु अपमानजनक मानिन्छ, किनकि खुट्टालाई अशुद्ध मानिन्छ। कसैलाई अभिवादन गर्दा हात जोड्नुले अर्को व्यक्तिप्रति सम्मान देखाउँछ।

culture-icon-2
जर्मन

समयको सम्मान र पालनलाई विश्वसनीयताको संकेत मानिन्छ।

culture-icon-3
भियतनाम

वस्तु वा मानिसहरूतिर खुट्टा सोझ्याउनु अपमानजनक मानिन्छ, किनकि खुट्टालाई अपवित्र मानिन्छ।
कसैलाई अभिवादन गर्दा टाउको हल्का झुकाउनु अर्को व्यक्तिप्रतिको सम्मानको सङ्केत हो।

culture-icon-4
कोरिया

नमस्कार र धन्यवाद दिँदा झुक्नु महत्वपूर्ण मानिन्छ।
वस्तु वा मानिसहरूको दिशामा खुट्टा देखाउनु अपमानजनक मानिन्छ, किनकि खुट्टालाई अशुद्ध मानिन्छ। कसैलाई अभिवादन गर्दा टाउको अलिकति झुकाउनु अर्को व्यक्तिप्रति सम्मानको संकेत हो।

culture-icon-5
जापान

मानिसहरूमा औंला देखाउनु अपमानजनक मानिन्छ, केही मिनेट मात्र ढिलो आउनु पनि अनादरपूर्ण मानिन्छ।

culture-icon-6
फिलिपिन्स

Mhmh को अर्थ जर्मनीमा 'होइन' हो, तर उनीहरूसँग 'हो' हो।

culture-icon-7
म्यानमार

थाइल्याण्ड र जापानको जस्तै हो- हेर्नुहोस्

culture-icon-8
चीन

समयको सम्मान र पालनलाई विश्वसनीयताको संकेत मानिन्छ।

culture-icon-9
भारत

शिरलाई बायाँबाट दायाँ र फेरि बायाँ हल्लाउनु भनेको 'हुन्न' भन्नु हो।

culture-icon-10
नेपाल

शिरलाई बाँयाबाट दायाँ र फेरि बाँया हल्लाउनुले 'हुन्न' जनाउँछ। नेपालमा अर्को व्यक्तिको टाउको छुनु अपमानजनक मानिन्छ। टाउकोलाई शरीरको सबैभन्दा पवित्र अंग मानिन्छ र यो आत्मा र बुद्धिको प्रतीक हो। त्यसैले टाउको छुनु सामाजिक शिष्टाचारको उल्लंघन मात्र होइन, अपमानको रूपमा पनि लिइन सक्छ।

culture-icon-11
ईरान

अंगूठा माथि उठाउने इशारा अश्लील हो।

culture-icon-12
अफगानिस्तान

अँगालो/शारीरिक सम्पर्क नगर्नुहोस्